28 Baishak, 2081 / 10 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायलमा दुई हप्ताका लागि विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध




इजरायलमा दुई हप्ताका लागि विदेशी नागरिकलाई प्रवेश प्रतिबन्ध


एजेन्सी । इजरायलमा विदेशी नागरिकलाई दुई हप्ता प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिए । 



Related News


यसमा तपाइको मत


Comments