14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अफगानिस्तामा ६.१ म्यागनिच्युडको भूकम्प, २५० जनाको निधन




अफगानिस्तामा ६.१ म्यागनिच्युडको भूकम्प, २५० जनाको निधन

एजेन्सी । अफगानिस्तानमा बुधबार बिहान ठुलो भूकम्प आएको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ६.१ म्यागनिच्युडको भूकम्प आउँदा २५० जनाको ज्यान गएको छ । भूकम्पका कारण १५० जना भन्दा धेरै घाइते भएका छन् । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको खोस्त शहरभन्दा ४० किलोमिटर टाढा रहेको छ ।

अफगानिस्तानको पक्तिका राज्यमा सबैभन्दा ठुलो क्षति भएको बीबीसीले जनाएको छ । सो राज्यमा घरहरु ढलेको तथा घाइते हरुलाई स्ट्रेचरमा बोक्दै लगेको तस्बिरहरु सामाजिक संजालमा छरिएका छन् । यसैगरी खोस्त, गजनी, लोगार, काबुल, जलालाबाद र लगमनमा पनि भुकम्पले असर परेको बताइएको छ ।

भूकम्पको झट्का अफगानिस्तान, पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।



Related News


यसमा तपाइको मत


Comments