14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा फेरि बढ्न थाल्यो कोरोना, पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरै सङ्क्रमित




भारतमा फेरि बढ्न थाल्यो कोरोना, पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरै सङ्क्रमित

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

भारतमा सन् २०२१ को जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म १ अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments