14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणमा २४ जनाको मृत्यु 




इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणमा २४ जनाको मृत्यु 

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या २४ पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । शुक्रवार इजरायलले प्यालेस्टाइनी इस्लामिक सङ्गठन (पीआईजे) विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । शनिबार दोस्रो दिन पनि आक्रमणका घटना भएका छन् । हवाई आक्रमणमा पीआईजेका नेता तैसिर जबारीको ज्यान गएको इजरायलले दाबी गरेको छ ।

आक्रमणका कारण गाजापट्टीमा उपचार सेवा पनि प्रभावित भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालमा बहिरङ्ग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका बीबीसीले जनाएको छ ।

यो इजरायल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर घटना हो । सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा दुई सय प्यालेस्टिनी र केही  इजरायली नागरिकको ज्यान गएको थियो । पछि सम्झौता गरेर युद्ध रोकिएको थियो।



Related News


यसमा तपाइको मत


Comments