19 Chaitra, 2079 / 2 April , 2023
एजेन्सी । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली चलाउँदा उनको निधन भएको हो ।
सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि मन्त्री दासलाई बचाउन नसकिएको डाक्टरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
गोली हान्ने प्रहरी पक्राउ परेका छन् ।