21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयोः केपी ओली




राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयोः केपी ओली

काठमाडौं, २० फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन् । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको बिताए । 
शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा बोल्दै उनले सो ले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरे।
‘दूर्भाग्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ। यथार्थता त यही हो नि,’ ओलीले भने, ‘किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन् अहिले पनि। जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन् अहिले पनि। जनतालाई भ्रममा पार्न सफल छन् अहिले पनि।’
ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए।
लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने ओलीको भनाई छ,।
‘गलतलाई गलत देख्न सक्ने बनाउने, उहीलाई सही देख्न सक्ने बनाउने। गलत बाटो जान्न भन्न लगाउने, सही बाटो जान्छु भन्ने बनाउने। बौद्धिक क्षेत्रको काम यही हो। गोष्ठी गर्नुस् बोल्नुस्,’ ओलीले भने, ‘त्यसका निष्कर्षहरु प्रशारण गर्नुस्। मुख्यकुरा इतिहास निर्माणका प्रेरक शक्ति हिजो पनि आज पनि, भोली पनि जनता हुन। जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरुको चेतना वा मनोबल कुनै हिसावले परिवर्तन वा रुपान्तरणतर्फ जान नदिने तत्वलाई परास्त गर्नु पर्छ।’
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहो¥याए।
 



Related News


यसमा तपाइको मत


Comments