17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखसहित चार जनालाई जेल सजाय




खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखसहित चार जनालाई जेल सजाय

एजेन्सी । इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले जनाएको छ ।

आफी फार्मा नामको कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो । तर कम्पनी पक्षका वकिलहरूले हेलचेक्र्याइँ गरेको भन्ने अभियोगलाई अस्वीकार गरेका छन् । कम्पनीले सजायविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीलाई ७/७ वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए । सन् २०२२ यता खोकीको औषधि खाएका कारण मिर्गौलामा गम्भीर क्षति पुग्दा धेरैजसो पाँच वर्षभन्दामुनिको उमेरका दुई सय जना इन्डोनेशियाली बालबालिकाहरूको ज्यान गएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments