17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ईयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने




ईयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने

एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली संघले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् । 

‘यसो गर्दा युरोपेली संघले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ’, भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँग भनिन् ।

भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताइन् । 

इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताइन् । उहाँले भन्नुभयो, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्बिर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’



Related News


यसमा तपाइको मत


Comments