17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्‍यो निन्दा




उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्‍यो निन्दा

एजेन्सी । जी-७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ ।

जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै रुसलाई हतियार हस्तान्तरणप्रति जी-७ का विदेशमन्त्रीहरूले कडा निन्दा गरेका छन्, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।”

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यकतालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्त्वलाई एक पटक पुनः पुष्टि गरेका छन्”, जापानले भनेको छ । -एएफपी


 



Related News


यसमा तपाइको मत


Comments