15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चीनको हेबेई प्रान्तमा विस्फोट




चीनको हेबेई प्रान्तमा विस्फोट

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ ।

भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी साधनमा क्षति पुगेको र मलबे सडकमा फैलिएको देखिन्छ । ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो।

घटनामा १ जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको ग्लोबल टाइम्सले जानकारी दिएको छ । विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ ।  ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments