15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिकामा काम गर्न चाहिने एच–१बी भिसाको रजिस्ट्रेसन बन्द हुँदै




अमेरिकामा काम गर्न चाहिने एच–१बी भिसाको रजिस्ट्रेसन बन्द हुँदै

काठमाडौं, ७ चैत ।  अमेरिकाको एच–१बी भिसाको रजिस्ट्रेसन चाँडै बन्द हुँदैछ। अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस)ले एक विज्ञप्ति जारी गर्दै एच–१बी भिसाको रजिस्ट्रेसन बन्द गर्न लागिएको जानकारी गराएको हो। यूएससीआईएसले वर्ष २०२५ का लागि एच–१बी भिसाको प्रारम्भिक रजिस्ट्रेसन मार्च २२ मा सकिने जनाएको छ।

अमेरिकामा काम गर्ने विदेशी नागरिकलाई एच–१बी भिसा चाहिन्छ। यसको रजिस्ट्रेसन विन्डो मार्च ६ मा खोलिएको थियो। यूएससीआईएसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एच–१बी भिसाको रजिस्ट्रेसन मिति मार्च २२ मा दिउँसो १२ बजे (नेपाली समयअनुसार राति ९ः४५ बजे) समाप्त हुनेछ।

रजिस्ट्रेसन अनलाइन हुनेछ। यसका लागि आवेदकंले myUSCIS खाता प्रयोग गर्नुपर्नेछ। आवेदन र त्यसको शुल्क पनि यसमार्फत मात्र भरिनेछ। रजिस्ट्रेसनका लागि आवेदकले वैध राहदानी विवरण र वैध यात्रा कागजातका बारेमा जानकारी प्रदान गर्नुपर्नेछ। यदि कुनै अनियमितता भेटिएमा आवेदन रद्द गरिने यूएससीआईएसले जनाएको छ।

रजिस्ट्रेसन सकिएपछि छनोट हुनेहरुलाई मार्च ३१ सम्ममा आफ्नो myUSCIS अनलाइन खातामा यसबारे जानकारी दिइनेछ। त्यसपछि अप्रिल १ देखि एच–बी क्याप पिटिसनका लागि अनलाइन फारम पेस गरिनेछ। जब कि एच–१बी गैरक्यापका लागि याचिका मिति चाँडै घोषणा गरिनेछ। यूएससीआईएसले गैरआप्रवासी कामदारका लागि आवेदन फारम आई–१२९ र प्रिमियम सेवाका लागि आवेदन फारम आई–९०७ अनलाइन उपलब्ध रहेको जनाएको छ।



Related News


यसमा तपाइको मत


Comments