15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


साम्राज्ञीविरुद्ध भुवनले दिए उजुरी 

साम्राज्ञीविरुद्ध भुवनले दिए उजुरी 



काठमाडौं, ९ साउन । नायक भुवन केसीले नायिका साम्राज्ञी शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । नायक केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शुक्रबार मुद्दा दायर गरेका हुन् । 

अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ फिल्ममध्ये तीन फिल्म ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले भोलीका दिनमा पुनः यस्ता घटना दोहोरिए कानुनी बाटो रोज्ने चेतावनी दिएकी थिइन् ।
 
साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखे । 
 


अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने

अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने


एजेन्सी । कोरोनाको संक्रमण पुष्टि भएपछि  अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, उनको अझै दुईवटा टेस्ट गरिनेछ । 

गएको १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएपछि सोही अस्पतालमा भर्ना गरिएको छ । 
 
अमिताभको २२ जुलाईमा भएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको नानावती अस्पतालको स्रोतले जनाएको छ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि अमिताभ  अस्पतालबाट घर जानेछन् । अमिताभको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले बताएको छ । 
 
अस्पताल स्रोतका अनुसार, अभिषेक बच्चनको रिपोर्ट भने सबै नेगेटिभ आएको छ । उनलाई बिहीवार साँझसम्म अस्पतालबाट डिस्चार्ज मिल्न सक्ने बताइएको छ । अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन । 


 


भारतमा कोरोनाबाट २४ घण्टामा ६७ जनाको मृत्यु, मृतकको संख्या १ हजार भन्दा बढी नाग्यो

भारतमा कोरोनाबाट २४ घण्टामा ६७ जनाको मृत्यु, मृतकको संख्या १ हजार भन्दा बढी नाग्यो


काठमाडौ, १८ वैशाख  - भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३  हजार ५० पुगेको  बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ  ।

गएको २४ घन्टायता भारतमा एक हजार ७१८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।् । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६७ जना रहेको छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २३ हजार ६५१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ 

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस  सक्रमित रहेका छन् ।भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । 
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो ।


‘दर्शक–श्रोता नेपाल’को साधारणसभा सम्पन्न, अध्यक्षमा बजगाँई 

‘दर्शक–श्रोता नेपाल’को साधारणसभा सम्पन्न, अध्यक्षमा बजगाँई 


काठमाडौं । दर्शक–श्रोता नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमति चयनसँगै अधिवेशन तथा चौथो साधारण सभा शनिवार सम्पन्न भएको हो । समाजसेवी तथा बरिष्ट गायक मिठाराम केसीको  प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा सञ्चारकर्मी ओम भण्डारी लगायतको उपस्थिति रहेको थियो । 
शनिबार भएको सो अधिवेशनबाट अध्यक्षमा सन्तोष बजगाई, उपाध्यक्षमा गणेश खत्री, महासचिवमा केशर विश्वकर्मा, सचिवमा मिरा विश्वकर्मा, कोषाध्यक्षमा विनोद नेपाली र सहकोषाध्यक्षमा सुनिल नपाली चयन भएका छन् । त्यस्तै, सदस्यहरमा चन्द्रकुमार विश्वकर्मा, बाबुराम सिग्देल पृथ्वीकुमारी पुलामी चयन भएका छन ् । 

साधारण सभाले संस्थाको अर्थिक प्रतिवेदन तथा प्रगति कार्य विवरण प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिठाराम केसीले नेपाली मौलिक कला संस्कृतिको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धनका साँथै, अन्य सामाजिक काम मा संस्थाले गरेका कामहरुको प्रसंशा गर्दै भावी दिनमा यस कार्यलाई अझ बढाउदै लानुपर्ने बताए । 
त्यस्तै, सञ्चारकर्मी ओम भण्डारीले विगत ५ बर्ष अगाडी एक दूईजनाबाट सुरु भएको अभियान विशुद्धरुमा सामाजिक भएको बताए र उनले समाजको लागि यस अभियानले अहम भुमिका खेलेको हुंदा अभियानका सदश्यहरुले विचलित हुन नहुने बताए । 

संस्थाका निवर्तमान अध्यक्ष केशव भट्टले समाज, कला संस्कृति तथा मौलिकता र सामजसेवी मनहरुको समुहले विगतमा कसैले नगरेको कामहरु गरेको बताए । उनले विगत ५ वर्ष अगाडी नै संगीत विकास बोर्ड माग गर्ने दर्शक श्रोता नेपाल भएको उल्लेख गरे । संगीत विकास बोर्ड गठन गर्न दवाव स्वरुप ३ वर्ष अगाडी उपत्यका व्यापी हस्ताक्षर संकलन अभियान गरिएको बताए । आउदा दिनमा सो एजेन्डनलाई बृहत ढँगले उठाउनु पर्नेमा उनको जोड दिएका थिए । 

नयाँ कार्यसमितिको अध्यक्षमा चयन भएका सम्पूर्ण सदस्यहरुले आ–आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । सो क्रममा अध्यक्ष बजगााईले आगामी दिनमा अभियानलाई सार्थक बनाउन सवैको सहयोग आवश्यक पर्ने बताए । 

नेपाली मौलिक कला संस्कृतिको संरक्षण विकास र पर्यटन प्रवद्धनमा काम गर्दै आएको सामाजिक संस्था दर्शक–श्रोता नेपाल विगत २०७१ सालमा स्थापना भएको थियो । विशेष गरी यस संस्थाले नेपाली सांगितिक बजारमा आउने गरेका विकृति विसंगतिका विरुद्ध आवज उठाँउदै आएको छ । 

त्यस्तै, नेपाली मौलिक कलालाई संरक्षण गरेर मात्र वाह्य पर्यटकहरुलाई भित्र्याउन सकिन्छ, भन्ने धारणाका साथ यो संस्था लागिरहेको छ ।
 


एशिया प्यासिफिक प्रिन्सेस् २०१९ विजेता कृष्टिना सम्मानित 

एशिया प्यासिफिक प्रिन्सेस् २०१९ विजेता कृष्टिना सम्मानित 


काठमाडौं, साउन ४ । अभिभावक विहिन भएका, शारिरिक तथा मानसिक रुपमा असक्षम र पिछडिएका क्षेत्रका किसोरीहरुलाई लामो समयदेखि संरक्षण दिदै आएको संस्था लाईट हाउस फाउण्डेसन नेपालले अन्तर्राष्ट्रिय अवार्ड विजेता कृष्टिना खड्कालाई सम्मान गरेको छ ।

फाउण्डेसनको आयोजना तथा हिमालयन नेपाली ईभेन्ट म्यानेजमेन्टको ईभेन्ट व्यवस्थापनमा ‘कृष्टिना खड्का, राष्ट्रको गौरव’ भन्ने मुल नाराको साथ विभिन्न ट्यालेन्ट सो तथा व्युटि कन्टेष्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड विजेता खड्कालाई काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरिएको हो । 
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा काठमाडौंको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका बिच उनलाई बधाई तथा सम्मान व्यक्त गरिएको हो । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वास्थ्य राज्यमन्त्री यादवले कृष्टिनाले भविष्यमा पनि नेपाल र नेपालीको नाम सदैव विश् वमाझ फैलाउनेमा विश्वास व्यक्त गर्दै उन्नती र प्रगतिको कामना सहित बधाई तथा शुभकामना व्यक्त गरे । त्यस्तै एक फरक प्रसंगमा मन्त्री यादवले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा लगानी नगरेसम्म देशको विकास हुन नसक्ने बताए  । 

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै केन्द्रिय बालकल्याण समितीका पूर्व अध्यक्ष डिल्ली गिरीले पेजेण्ट शोले बालबालिकाको ब्यक्तित्व विकासमा टेवा मिल्ने धारणा            राखेका थिए ।  

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बालबालिकाहरुको प्रतिभालाई अभिभावकले बुझेर उनिहरुलाई सोहि अनुरुप भविश्यको लागि तयार गर्नुपर्ने धारणा राखेका थिए । लाईट हाउस नेपालले विशेष गरेर वादी समुदायका किसोरीहरुलाई संरक्षणगरि नेपाल तथा विदेशमा समेत पठन पाठनको व्यवस्था मिलाएको छ । हाल करिव ६ सयको हाराहारिमा किसोरीहरुले संरक्षण तथा शिक्षा दिक्षा पाईरहेको समेत बताइएको छ । 

कृष्टिना खड्काले गत जुन ३० तारिकमा सिंगापुरमा  सम्पन्न  लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी थिईन् । हाल उनि सिङ्गापुरमा अध्ययनरत छिन् । उनको लक्ष्य भविष्यमा पैसा कमाएपछि समाजसेवामा लाग्ने रहेको छ । उनलाई लाईट हाउस नेपालले एम्वेष्टर समेत बनाएको छ । ११ वर्षको कलिलो उमेरमै उनि थुप्रै अवार्ड जित्न सफल हुनुका साथै अन्य प्रतिभाहरुमा पनि अव्वल छिन् ।


वडाद्वारा बाल क्लबलाई संगीतका साधन हस्तान्तरण

वडाद्वारा बाल क्लबलाई संगीतका साधन हस्तान्तरण


ललितपुर, असार १५ । ललितपुर ५ नम्बर वडाले वडास्थित दुई बाल क्लबलाई संगीतका साधन हस्तान्तरण गरेको छ । शनिबार लगनखेलमा आयोजित वडास्तरीय बाल क्लबहरुको बार्षिक साधारणसभामा बाल प्रतिभा समुह र लगनेश्वर बाल समुहलाई वडाका तर्फबाट गीतार, पियानोलगायतका संगीतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

उक्त सामाग्रीहरु वडा अध्यक्ष विकासमान श्रेष्ठले बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजाललाई हस्तान्तरण गरेका थिए । ततपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले बाल क्लबहरुले बाल क्लबका सदस्यहरुको क्षमता विकासका निम्ति सक्दो प्रयास गर्नुपर्नेतर्फ जोड दिदै वडाले बालबालिकालाई प्राथमिकतामा राख्दै आएको समेत बताए । 

कार्यक्रममा बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजालले बाल क्लबका सदस्यहरुका अलवा वडाबासी बालबालिकाको क्षमता अभिवृद्धिका लागि सिंगो क्लब परिवारले सक्दो प्रयास गर्दै आएको बताए । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल र पूर्व बाल क्लब ग्राजुयट कृष्ण रिजाललगायतले मन्तव्य राखेका थिए । 


मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै

मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै


काठमाडौं, असार १२ । मौलिक रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रशारण हुने भएको छ । आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाका अनुसार उक्त सिङगिङ रियालिटी शो प्रत्येक बिहिबार र शुक्रबार राति साढे ८ बजे एपीवान एचडी टेलिभिजन र रमाइलो टिभीबाट शुरु हुने भएको हो । साथै, युट्युबाट पनि लाइभ हेर्न सकिने अध्यक्ष कोइरालाले जनाए । 

उक्त शोमा मेघा अडिसनबाट छानिएका एक सय नौ प्रतिस्पर्धीबाट २५ जना स्थापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिए । उत्कृष्ट १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुनेछन् । उत्कृष्ट १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनौट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनौट हुनेछ । उत्कृष्ट पाँचलाई फाइनल भनिनेछ । फाइनल छनौटको सबै अधिकार दर्शकको भोटको आधारमा हुनेछ ।

शोमा लोकभाका मात्रै गाइने छ । कार्यक्रमको ३६औँ श्रृखंला फाइनल हुनेछ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । अध्यक्ष कोइरालाका अनुसार उत्कृष्ट पाँच जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्सर्ट समेत गर्ने छ । उक्त शोको निर्णायकमा जयनन्द लामा, रामजी खाँड, बिबि अनुरागी, सुनिता दुलाल रहेका छन् ।

त्यसैगरी, शोमा आमदर्शकका लागि पुरस्कारसमेत राखिएको छ । अध्यक्ष कोइरालाका अनुसार युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरी शेयर गर्ने दर्शकमध्ये एक जनालाई कलर्सको वानई स्मार्टफोन प्रदान गर्नुका साथै दुईवटा शो प्रत्यक्ष हेर्ने अवसर मिल्नेछ ।

 


फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न 

फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल क्लास सम्पन्न 


काठमाडौं, जेठ २ । फेसियल हाउसमा ब्यूटीसियन मोटिभेसनल कक्षा सम्पन्न भएको छ । फेसियल हाउसद्वारा सञ्चालित एडभान्स  ब्यूटीसियन कोर्षका सहभागी ब्यूटीसियनहरुलाई लक्षित गरि सोमबार सिटिसी मलमा मोटिभेसनल क्लास संचालन गरिएको हो ।

उक्त ब्यूटीसियन मोटिभेसनल क्लासमा ३२ जना ब्यूटीसियनहरुको सहभागिता रहेको थियो । उनीहरुलाई सौन्दर्य बिज्ञ सुस्मा महराले ब्यूटीसियन मोटिभेसन सम्बन्धी ज्ञान दिएकी थिईन् । कार्यक्रम माझ योग गुरु नमीना श्रेष्ठले शुभकामना मन्तब्य राखेकी थिईन् ।  

त्यसैगरी, एडभान्स  ब्यूटीसियन कोर्षको समापनको अवसरमा  फेसियल हाउसले केक काटि हर्ष बढाई गर्‍यो भने तालिममा  सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।


नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न पाइने

नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न पाइने


काठमाडौं, असार १ । नेपालमा अब नेपाली होस् वा हिन्दी फिल्म शुक्रबार मात्रै रिलिज हुने भएको छ । चलचित्र विकास बोडले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको हो । 

केहि समयअघि शुक्रबार मात्र नेपाली फिल्म रिलिजको विरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत बुधबार रिलिज नरोक्न स्टे अर्डर दिइएको थियो । सोही कारण भारत बुधबार नै नेपालभर रिलिज भएको थियो । 

चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रबार नै रिलिज गरेको निर्णय काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरणको रुपमा पठाएको थियो । चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले अघिल्लो स्टे अर्डर खारेज गरेको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । उनले अब सोही प्रकृतिका मुद्दाहरु समेत अदालतमा नजाने जानकारी दिए । 

ब्याङ्कटेस इन्टरटेन्मेन्टले भारत रिलिजका लागि आफ्नो स्वार्थका आधारमा एक पक्षीय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो । विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्दालाई पूर्ण रुपमा कार्वाही गर्दै स्टे अर्डर खारेज गरेको हो । स्टे अर्डर खारेजसँगै अब सबै फिल्म शुक्रबार मात्रै रिलिज हुने बोर्डले जनाएको छ ।


बालगायक प्रितम आचार्य उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त

बालगायक प्रितम आचार्य उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त


सुनसरी, जेठ २८ । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो स्थान प्राप्त गरेका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा नियुक्त भएका छन् । उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बाल सद्भावनादूत नियुक्त गरेको घोषणा गरेको हो । 

भारतीय टेलिभिजन जीटिभीको रियालिटी सो सारेगमपमामा तेस्रो स्थान हासिल गरेका आचार्य हिजो(सोमबार) गृहनगर इटहरी आइपुगेका हुन् । गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।