14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युएईमाथि नेपालको रोमाञ्चक जित




युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।
युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान तीन÷तीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एक÷एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।  नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुई÷दुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल लिग –२ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । तालिकामा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । युएई समान खेलमा ३१ अंकका साथ छैठौँ स्थानमा झरेको छ ।  



Related News


यसमा तपाइको मत


Comments