15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियासँग नेपाल पराजित




मलेसियासँग नेपाल पराजित

काठमाडौं, ४ फागुन । नेपाल एसिसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ।

यससँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ। जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन्। मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो। पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो।

दोस्रो बल अफ साइडमा डट राखिन्। तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो। चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन्। पाँचौं बलमा एक रन बटुल्दै रोमान्चक जितका साथ फाइनल र एसिया कपमा मलेसियालाई पुर्‍याइन्।

मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन्। नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन्। रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन्। कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन्।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन्। फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन्।

ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन्। दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे। कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन्। रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन्।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ। फाइनल आइतबार हुनेछ।



Related News


यसमा तपाइको मत


Comments