15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टी-२० आईमा नामिबियासँग नेपाल पराजित




टी-२० आईमा नामिबियासँग नेपाल पराजित

काठमाडौं, १५ फागुन । टी-२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएकाे हाे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।


नामिबियाका लागि जान निकोल लफ्टी ईटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्। यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी ईटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट लिए।



Related News


यसमा तपाइको मत


Comments