15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टि–२० खेलमा नेपाल हङकङसँग पराजित 




टि–२० खेलमा नेपाल हङकङसँग पराजित 

काठमाडौं, २६ फागुन ।  टि–२० खेलमा नेपाल हङकङसँग पराजित भएको छ। शनिबार भएको खेलमा बल र ब्याट दुवैमा खराब प्रदर्शन गरेको नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भयो।

पहिला ब्याटिङ गर्दै हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३० रनमै अलआउट भयो। ११७–२को अवस्थामा रहेको नेपालले पछिल्ला ८ विकेट २२ रन जोड्दा गुमाएको थियो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। उनलले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले २३ बलमा ३० र आरिफ सेखले २१ बलमा ३८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा अजाज खानले ३.४ ओभरमो २६ रन खर्चेर ४ विकेट लिए भने इसान खानले ४ ओभरमो २६ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले बाबर हायतले सानदार शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।

विस्फोटक ब्याटिङ गरेका हायतले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, अंशुमन रथले ३२ बलमा ३९ रन बनाउँदा मार्टिन कोट्जेले २१ बलमा ३१ रन बनाए। यसतै, अजाज खानले ११ बलमा २१ रन बनाए।

हङकङ अन्तिम ५ ओभरमा ७९ रन बनाएपछि नेपाललाई ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा नेपालका लागि डेब्यू खेलाडी आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यस्तै, आरिफ सेख, प्रतिश जिसी र रसिद खानले समान १ विकेट लिए। आकाश र प्रतिश बाहके सबै नेपाली बलर महँगो सावित भएका थिए।

अब नेपालले भोलि हङकङसँग नै त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्ने छ। यो सिरिजमा पपुवा न्युगिनी पनि छ।
 



Related News


यसमा तपाइको मत


Comments