21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

‘राम्रो रचना'का स्रष्टाको सम्झना




‘राम्रो रचना'का स्रष्टाको सम्झना

काठमाडौं : दुई शताब्दी पुरुषमध्ये एकले अर्कोलाई सम्मान गरेका छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अर्का शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेलाई शनिबार सम्मान गरेका हुन् । साहित्यकार कृष्णप्रसाद पराजुलीको ८३औं जन्मजयन्तीका अवसरमा यो मौका जुरेको हो ।

जन्मजयन्तीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाले साहित्यकार पराजुलीलाई सम्झिएका हुन् । कार्यक्रममा साहित्यकार पराजुलीको स्मृतिमा उनका परिवारले स्थापना गरेको ‘रमाइला नानी' बालसाहित्य पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको हो । २१ हजार राशि र सम्मानपत्र सहितको उक्त पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।

प्रमुख अतिथिका रूपमा निम्त्याइएका शताब्दी पुरुष जोशीले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेका हुन् । यसअघि उनले साहित्यकार पराजुलीद्वारा लिखित ‘नेपाली लोककथाको फन्को' कृति विमोचन गरेका थिए । भृकुटी प्रकाशनले कृति प्रकाशित गरेको हो । कार्यक्रममा लोकार्पित पुस्तकबारे प्राध्यापक चूडामणि बन्धुले टिप्पणी गरे भने प्राध्यापक ठाकुर पराजुलीले सम्मानित व्यक्तित्व राष्ट्रकवि घिमिरे र साहित्यकार पराजुलीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।

सभाध्यक्षका रूपमा बोल्दै प्राध्यापक गोपीकृष्ण शर्माले राष्ट्रकविको सम्मान एक स्तुत्य काम भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि भुवनहरि सिग्देल र प्रभा भट्टराईले कविता वाचन गरेका थिए । पुरस्कार संस्थापकका तर्फबाट बालसाहित्यका स्रष्टा शाश्वत पराजुलीले यसको औचित्यबारे प्रकाश पारेका थिए ।




यसमा तपाइको मत


Comments