17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा मात्रै २१५ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा मात्रै २१५ रुपैयाँ वृद्धि


काठमाडौं, १३ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ । अब खाना पकाउने ग्यासको मूल्य १८५९ बाट अब २११० रुपैयाँ पुगेको छ । 
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
त्यस्तै, पेट्रोलिल १८२ रुपैयाँबाट १८४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ६ वृद्धि भएर १७९ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा ४ रुपैयाँ मूल्य वृद्धि भएको आयल निगमले जनाएको छ । 


 


असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालनमा हुने

असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालनमा हुने


काठमाडौं, ९ असोज । सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभरूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उहाँको भनाइ छ । 

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ ।


असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालनमा हुने

असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालनमा हुने


काठमाडौं, ९ असोज । सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभरूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको उहाँको भनाइ छ । 

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ ।


सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने


काठमाडौं, ९ असोज ।  नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएको हो ।

जसअनुसार चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति भएको छ।

साथै नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहयोग प्रवर्द्धनका लागि दुवै पक्षले नेपालमा चाइना कल्चरल सेन्टर, कन्फ्युसियस इन्स्टिच्युट र कन्फ्युसियस क्लासरुम सञ्चालनको कार्यलाई निरन्तरता दिने समेत सहमति भएको छ ।
 


वैदेशिक व्यापार ५.३२ प्रतिशतले घट्यो

वैदेशिक व्यापार ५.३२ प्रतिशतले घट्यो


काठमाडौं, ७ असोज । चालु आर्थिक वर्षको २ महिनामा वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष सरकारले आयात प्रतिबन्ध लगाउँदाको बेलामा भन्दा पनि वैदेशिक व्यापार घटेको हो। 
गत आर्थिक वर्षमा सरकारले बढी रकमको आयात हुने गाडी लगायतका विलासिताका वस्तुमा वैशाखदेखी मंसिरसम्मै प्रतिबन्ध लगाएको थियो।

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै नगद मार्जिन समेत राखिएको छ। तर पुस यता निर्वाध नगद मार्जिन र आयात प्रतिबन्ध हटाउँदासमेत आयात घटेको छ। चालु आर्थिक वर्षमा आयात र निर्यात दुवै घटेको भन्सार विभागले जनाएको छ। आयात ५ प्रतिशतले घट्दा निर्यात ७.७९ प्रतिशतले घटेको विभागले जनाएको छ। जबकी आर्थिक वर्ष २०७८/०७८ मा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको थियो।

गत वर्ष पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्ष २ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ। गत वर्ष २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएकोमा अहिले २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।


चीनसँगको व्यापारमा नयाँ बन्दरगाह खुला

चीनसँगको व्यापारमा नयाँ बन्दरगाह खुला


काठमाडौं,७ असोज । चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग सञ्चालनमा ल्याएका हुन ।

कोरो नालाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ । नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् ।
 


भिजन गोर्खा सहकारीको साधारण सभा सम्पन्न, पुनः  हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति

भिजन गोर्खा सहकारीको साधारण सभा सम्पन्न, पुनः हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति


न्यूज आजको संवाददाता
काठमाडौं, ३० भदौ । काठमाडौं गोंगबु ५ मा रहेको भिजन गोर्खा बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।  सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अधिकारीले ज्ञान, महत्वकांक्ष र सहकारी चलाउने भिजन नै नभएका कारण पछिल्लो समय सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताए । यस्तै उनले सहकारीहरुले धेरै निक्षेपकर्ताको बचत डुबाइ रहेको भन्दै समय सापेक्षा रुपमा सहकारी संस्थाहरु चलाउन जरुरी रहेको बताए । त्यसका लागि ज्ञानको आवश्यक रहेको प्रमुख अधिकारीको भनाइ थियो । 

सहकारीका व्यवस्थापन टिमले लेखा कसरी राख्ने, संञ्चित पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । यदि यस बारेमा सिक्न आवश्यक लागेमा टोखा नगरपालिका यसबारे तालिमका लागि समन्वय गर्न तयार रहेको नगरप्रमुख अधिकारीले बताए । 

कार्यक्रममा सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठले छरिएर रहेको पुँजी र स्रोत साधनको सदुपयोग गरी आर्थिक, सामाजिक रुपान्तरण गर्न यस सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले सहकारीको वार्षिक साधारणसभामा सहभागी हुने प्रमुख अतिथि, विशेष अतिथि, सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार, परिवेक्षक समितिका पदाधिकारी, विभिन्न उपसमिति, सेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 

२०६४ सालमा स्थापना भएको सहकारीको हाल शेयर पुँजी १ करोड ३२ लाख ४७ हजार पाँच सय रुपैयाँ रहेको छ भने निक्षेप संकलन ३ करोड ६३ लाख ६४ हजार ७ सय १२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै कर्जा लगानी ४ करोड ५३ लाख १२ हजार ९९ रुपैयाँ रहेको छ ।

यस्तै साधारण सभाले पुनःहरि कुमार श्रेष्ठकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा ईन्द्रराज बस्नेत, कोषाध्यक्षमा रुपेन्द्र बिक्रम भण्डारी सर्वसम्मत चयन भएका छन् ।  संस्थाको सदस्यहरुमा शान्ती श्रेष्ठ,  उत्तम अधिकारी, विनोद अधिकारी,  सुवास  शाक्य र  रामचन्द्र रिमाल सर्वसम्मत चयन भएका छन् । 


निमगले फेरि बढाएको पेट्रोलियम पदार्थको मूल्य

निमगले फेरि बढाएको पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, २९ भदौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले शुक्रबार  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ। मूल्यवृद्धि भएसँगै पट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।
भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । शनिबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 


५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा [सूचीसहित]

५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा [सूचीसहित]


काठमाडौं, २० भदौ ।  नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्‍न ठाउँमा निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे । 
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन् । यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने छन् । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन सञ्चालनमा आएका स्थानहरू :

स्थान

जिल्ला

सङ्ख्या

 

धार्के

धादिङ

 

मुग्लिङ

चितवन

 

साझा सेवा बल्खु

काठमाडौं

 

साझा सेवा पुल्चोक

ललितपुर

 

नेपाल विद्युत प्राधिकरणरत्नपार्क

काठमाडौं

 

नेपाल पुलिस क्लबभृकुटीमण्डप

काठमाडौं

 

पारस बसपार्क

चितवन

 

खुर्कोट

सिन्धुली

 

सिन्धुली बसपार्क

सिन्धुली

 

इलाका प्रहरी कार्यालय बर्दिबास

महोत्तरी

 

हरिवन

सर्लाही

 

इनरुवा बसपार्क

सुनसरी

 

प्रहरी पेट्रोल पम्पलाहान

सिराहा

 

कालिका फ्युल सेन्टरमालेपाटनपोखरा

कास्की

 

पर्यटक बसपार्क पोखरा

कास्की

 

दमक बसपार्क

झापा

 

बेलका नगरपालिका

उदयपुर

 

बिर्तामोड बसपार्क

झापा

 

सुर्खेत बसपार्क

सुर्खेत

 

हेटौडारातमाटे

मकवानपुर

 

विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी

भक्तपुर

 

प्रहरी पेट्रल पम्पसामाखुसी

काठमाडौं

 

बेगनास तालपोखरा

कास्की

 

बुटवल बसपार्क

रुपन्देही

 

इटहरी

सुनसरी

 

विराटनगर

मोरङ

 

कोहलपुर नयाा बसपार्क

बााके

 

धनगढी

कैलाली

 

त्रिशूली हावा घर

नुवाकोट

 

बट्टारत्रिशूली

नुवाकोट

 

कुश्मा

पर्वत

 

लमही बसपार्क

दाङ

 

लम्की

कैलाली

 

जम्मा

५१

स्रोत : नेपाल विद्युत् प्राधिकरण


भारतले नेपालको १० हजार मेगावाट बिजुली किन्ने 

भारतले नेपालको १० हजार मेगावाट बिजुली किन्ने 


काठमाडौं, १९ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भारत भ्रमणका बेला भएको १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारले स्वीकृत गरेको छ। भारतीय मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो।
नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको बताए । भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिनेछ ।

प्रचण्डको भारत भ्रमणका बेला दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरुण निर्माणका लागि एमओयू भएको थियो। यस्तै, गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको घोषणा दुवै देशका प्रधानमन्त्रीले गरेका थिए।