11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


 नीर कमलद्वारा रचित ‘कहाँ राखुँ प्रिय’ सार्वजनिक(भिडियोसहित)

नीर कमलद्वारा रचित ‘कहाँ राखुँ प्रिय’ सार्वजनिक(भिडियोसहित)


काठमाडौं, २ मंसिर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।
लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल, नायक श्रीदेव भट्टराई र गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथिहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहाँसम्म आइपुगेको  बताउनुभयो । यसैगरी भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउँदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको कुरा बताउनुभयो ।
प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो ।
लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हांस्य कलाकारको रुपमा चर्चित छन ।
अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुती रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।
उत्कृष्ट गीत रचना गर्दै आइरहेका गीतकार निर कमलका यस अघि केहि गीतहरु लोकप्रिय रहेका छन । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आइरहेका छन । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठले भिडियो निर्माणमा सहयोगी भूमिका खेल्नुभएको थियो । 


भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं, २६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको हो। रिटमा केसीको नियुक्ति खारेजीको माग गरिएको छ। 

साउन ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। 
 


सलमान खानको हत्या प्रयास

सलमान खानको हत्या प्रयास


एजेन्सी । बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा गोली प्रहार गरेर हत्याको प्रयास गरेका हुन् ।
टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।

सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।


 


चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने 

चालु आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने 



काठमाडौं, १५ वैशाख । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । विभागले आर्थिक वृद्धिदरमा योगदान दिने विभिन्न पक्षको तथ्याङ्क केलाउँदै यसवर्ष अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को भन्दा बढी हो । गतवर्ष सोही अवधिमा कोभिड–१९ का बीच ३.८३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

बिहीबार थापाथलीस्थित विभागको आफ्नै सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मार्फत चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको विभागले यस्तो वृद्धिदर आधार मूल्यका आधारमा ५.४९ प्रतिशत हुने समेत बताएको छ ।
विभागका अनुसार यस वर्ष कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने जनाएको छ । यस्तै, अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने समेत विभागले जनाएको छ ।


पल शाह प्रकरणः पीडित पक्षले फेरे बयान

पल शाह प्रकरणः पीडित पक्षले फेरे बयान


काठमाडौं, ४ वैशाख । अभिनेता पल शाह बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्। 

पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। पीडित पक्षले नै बयान फेरेपछि यो घटनाले नयाँ मोड लिएको छ। उनीहरुको बयानले आरोपी शाहलाई केही राहत पुग्न सक्ने आकलन गरिएको छ। उनीहरुले बयान फेर्नुमा होस्टाइल भएको हुनसक्ने आशंका गरिएको छ। 

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्। 

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालत तनुहँ र नवलपुरमा मुद्दा दायर भएको छ। 


पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं, १० चैत । बलात्कार आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख धरौटी मागेको छ। तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग १ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ।  
 


ललिपुरमा पहिलो पटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने

ललिपुरमा पहिलो पटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने



ललितपुर, १९ फागुन । ललितपुर जिल्लामै पहिलो अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ ले ‘अपटाउन म्यूजिक फेस्टिभल’ गर्ने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही शुक्रबार देखि ललितपुरको झम्सिखेलमा हुन लागेको हो । म्युजिक फेस्टिभल तीन महिनासम्म हुने छ ।

पब तथा क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि खुलेका छन्  भन्ने सन्देश दिन फेस्टिबलको आयोजना गरिएको अपटाउन लाउन्ज एण्ड क्लबका अध्यक्ष आदित्य मिश्रले जानकारी दिए । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के। भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको समेत प्रस्तुति रहनेछ । उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले आफ्नो प्रस्तुती दिनेछन् । सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने अपटाउन नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्ज हो । यसमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । तीन वटा उच्च स्तरीय ठूलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको अपटाउनमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् ।

अपटाउनमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गर्न हलहरुको ब्यवस्था छ । लाउन्जमा टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुमलगायतको व्यवस्था छ । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा छ । फेस्टिभलको सुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । 


आमिनको ‘अपेक्षा’ सार्वजनिक(भिडियोसहित) 

आमिनको ‘अपेक्षा’ सार्वजनिक(भिडियोसहित) 


काठमाडौं, १ मंसिर ।  गायक आमिन परियारको ‘अपेक्षा’ सार्वजनिक भएको छ । परियारको पहिलो मौलिक गीत चाङ्गा प्रोडक्सनमार्फत रिलिज भएको हो । उक्त गित चाङ्गा प्रोडक्सन यूट्युवमा राखिएको छ । 
उक्त गीतको गीतकार अन्जन परियार रहेका छन् भने संगीत आकाश सिंहको रहेको छ । गितार आकाश सिंह, एक्युस्टिक गितार जेनिस तामाङ रहेका छन् । बास सविन दास तामाङ, ढोल विशाल पटेल र सारंगीमा सबिन गायकको साथ दिएका छन् । दिपेन गुरुङले निर्देशक गरेको गीतमा निकोलस गुरुङले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो


 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 

 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 



काठमाडौं, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् । काठमाडौंको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रायोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले गरेकी थिइन् ।
 


माया गर्ने दीपीका !

माया गर्ने दीपीका !



काठमाडैं । म्युजिक भिडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा रीर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन् । बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूलेनै लेखेको गीतको भिडियो लिएर आएकी छिन् । म माया गर्छु... बोलको यो गीतलाई हाइलाइट्स मार्फत रीलीज गरिएको छ ।
म माया गर्छु... बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन् । दीपीका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ । अब निरन्तर रुपमा भिडियो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रीटर्न व्याक गरेको दीपीकाको भनाई छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom