09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


‘जिग्री’को आज जन्मदिन

‘जिग्री’को आज जन्मदिन


काठमाडौं, साउन ४ । लोकप्रिय चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्रीको आज जन्मदिन हो ।

मेरी बास्सैबाट हास्य क्षेत्रमा आएका जिग्री सिस्नो पानी झ्याम्मै, भद्रगोल हुँदै सक्किगोनीसम्म आइपुग्दा लेखकरनिर्देशकसम्मको भूमिका निर्वाह गर्न सफल भएका जिग्री आजकै दिन २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका हुन् । जन्मदिनको अवसरमा उनलाई शुभकामना आइरहेको छ ।
 


  अभिनेत्री ऐश्वर्या राय र छोरी  आरध्या अस्पताल भर्ना  

  अभिनेत्री ऐश्वर्या राय र छोरी  आरध्या अस्पताल भर्ना  


नयाँदिल्ली  । कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ ।स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।अन्न्पुर्ण पोष्टमा खबर छ । 

यही हप्ताको सुरुमै अभिषेकले ट्वीट गर्दै ऐश्यर्वा र छोरीलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका थिए । अमिताभले भने अस्पतालबाटै सोसल मिडिया मार्फत् आफ्नो सुस्वास्थ्य कामना गरेकोमा प्रशंसक र शुभचिन्तकलाई भन्यवाद दिए ।


अभिनेत्री कैटरिना सफलता हुनुको  पछाडि सलमानको हात

अभिनेत्री कैटरिना सफलता हुनुको  पछाडि सलमानको हात


मुम्बई - बलिउडकी सुन्दर अभिनेत्री कैटरिना कैफले १६ जुलाईमा आफ्नो ३७औं जन्मदिन मनाएकी छन्। कैटरिना फिल्म उद्योगमा आएको १७ वर्ष भयो। यस क्रममा उनले शाहरुख, सलमान र आमिर खानसहित लगभग सबै स्टारसँग काम गरेकी छन्।

२६ जुलाई १९८३ मा हङकङमा जन्मेकी कैटरिनाको खास नाम कैटरिना टरकाँटा हो। कैटरिनाको नाम बदल्नुका पछाडि फिल्म ‘बुम’की प्रोड्युसर आएसा श्राफको हात छ। कैटरिना टरकाँटालाई भारतीयले सहज रूपमा उच्चारण गर्न अप्ठ्यारो हुने भएकाले आएसाले कैफ बनाएकी हुन्। यसअघि कैफको ठाउँमा कैटरिना काजी राख्ने प्रस्ताव गरिएको थियो। पछि कैफ राख्न सहमति भएको होे।

कैटरिनाले १४ वर्षको उमेरमा मोडलिङबाट करिअर सुरु गरेकी थिइन्। कैटरिना मोडलिङ गर्न मुम्बई आएकी थिइन्। यो क्रममा उनको भेट कैजाद गुस्तादसँग भयो। उनले कैटरिनालाई फिल्ममा काम गर्ने अफर गरे। उनले फिल्म ‘बुम’बाट फिल्म उद्योगमा पाइला राखिन्। अमिताभ बच्चनलगायतका कलाकारले अभिनय गरेको भए पनि यो फिल्म बक्स अफिसमा असफल भयो। यसपछि कैटरिनाले फिल्म त पाइनन् तर टीभी एड र मोडलिङका धेरै प्रोजेक्ट पाइन्। पछि फिल्म सरकार, मैने प्यार क्यों किया र हमको दिवाना कर गएबाट कैटरिनाले बलिउडमा राम्रो परिचय बनाइन्।अन्न्पुर्ण पोष्टमा खबर छ ।  फिल्मी करिअरबाहेक उनी अफेयर्सका कारण पनि चर्चामा रहिन्।

कैटरिनाको सफलताको पछाडि सलमानको हात छ। दुवै फिल्म ‘मैने प्यार क्यों किया’पछि डेट पनि गए। सन् २००९ मा उनीहरूको ब्रेकअप भयो। त्यति बेला कैटरिना रणवीर कपुरसँग ‘अजब प्रेम की गजब कहानी’ गर्दै थिइन्। कैटरिना सलमानसँग अलग भएपछि रणवीर कपुरसँग डेट जान लागेकी थिइन्। 


सुनिल गिरीको ‘झरीपरेको रात’ रिलिज भए लगत्तै चर्चामा, रिलिज भएको केही घण्टामा नै १ लाखले हेरे  ( भिडियो )

सुनिल गिरीको ‘झरीपरेको रात’ रिलिज भए लगत्तै चर्चामा, रिलिज भएको केही घण्टामा नै १ लाखले हेरे  ( भिडियो )


काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् ।

सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले नै गरेका हुन् । जसको निर्देशन गायक सुनिल आँफैले नै गरेका हुन् । गीतको भिडियो रिलिज भएको छोटो समयमा नै करिब १ लाखले हेरेका छन् । 


 चलचित्र ‘हिट’ को बलिउडमा रिमेकमा अभिनेता राजकुमार राव फाइनल

 चलचित्र ‘हिट’ को बलिउडमा रिमेकमा अभिनेता राजकुमार राव फाइनल


 मुम्बई - डाक्टर शैलेष कोलानुले निर्देशनमा तेलुगु चलचित्र ‘हिट’ को बलिउडमा रिमेक बन्ने भएको छ । उक्त चलचित्रको रिमेक भर्सनमा अभिनेता राजकुमार रावले अभिनय गर्ने निश्चित भएको छ । यो एक प्रहरीको कथामा आधारित थ्रिलर चलचित्र हो । जसमा एकजना हराएकी महिलाको खोजीमा दौडिएको प्रहरीको कथालाई उधिनिएको छ ।

जुन चलचित्रमा प्रहरीको विगत र वर्तमानको कथालाई उतारिएको छ ।अभिनेता राजकुमारलाई चलचित्रमा लिएको विषयमा निर्देशक शैलेषले भारतीय मिडियासँग भनेका छन्, ‘यो एक प्रहरी अफिसर्सको कथा हो, जहाँ उ आफ्नो विगत र वर्तमानसँग लडिरहेको छ । यो एक समस्यामा परेको व्यक्तिको कथा हो ।’

उनले चलचित्रका लागि आफूले एक जना परिपक्व मान्छेको खोजी रहेको र त्यो राजकुमार भेटेको सुनाए । उनले भने, ‘यस्तो व्यक्तिको अनुहार खोज्दै थिएँ, जहाँ उसले आफ्नो अँध्यारो जीवनलाई प्रस्तुत गर्नेछ साथै दर्शकको नजरमा उ एक परिपक्व मानिस पनि हो । यो भूमिकामा मैले राजकुमारलाई देखेँ ।’

यस चलचित्रमा काम गर्न पाउँदा आफू पनि उत्साहित भएको राजकुमारले विचार व्यक्त गरे । उनले चलचित्र ‘हिट’ हेरिसकेपछि यो चलचित्रको कथालाई लिएर आफू निकै उत्साहित भएको भारतीय मिडियालाई बताएका छन् । सौय दैनिकमा खबर छ । अभिनेता राजकुमारले भने, ‘एकजना कलाकार भएकाले पर्दामा म सधै नै नयाँ भूमिका खोज्छु । हिट यस्तै एक कथामा बन्न लागेको चलचित्र हो ।’

 


सुशान्तकी प्रेमिका रियालाई ज्यान मार्ने धम्की !

सुशान्तकी प्रेमिका रियालाई ज्यान मार्ने धम्की !


मुम्बई  . बलिउड अभिनेता सुशान्त सिंहको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई गाली र धम्की दिएको छ । उनलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारको गाली र धम्की दिएको हो । रियाले एउटा यस्तै मेसेजको स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

उनले भनेकी छन्, ‘मलाई हत्यारा भनियो तर पनि म चुप बसेँ ।’ रियाले स्क्रिनसट सार्वजनिक गर्दै लेखेकी छन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो… म चुप बसेँ । मलाई हत्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ ।

तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महशुस भएको छ ? यो अपराध हो र कानुनी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’सौय दैनिकमा खबर छ । रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारबाही गर्नका लागि पनि आग्रहसमेत गरेकी छन् । यसअघि अभिनेता सुशान्तको आत्महत्याको विषयमा केन्द्रित रहेर प्रहरीले रियासँग ११ घण्टासम्म सोधपुछ गरेको थियो ।


अमिताभ बच्चनले अस्पतालबाट नै  ‘ईश्वरको चरणमा समर्पित भन्दै सेयर गरे भगवान्को तस्विर

अमिताभ बच्चनले अस्पतालबाट नै  ‘ईश्वरको चरणमा समर्पित भन्दै सेयर गरे भगवान्को तस्विर


एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले अस्पतालको शैय्याबाट  भगवानलाई सम्झिँदै तस्विर सेयर गरेका छन् । अस्पतालको शैय्याबाट उनले सामाजिक सञ्जाल इंस्टाग्राममा भगवानको तस्विर शेयर गरेर उनले  ‘ईश्वरको चरणमा समर्पित भन्दै क्याप्सन पनि लेखेका छन् । 

कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा  उनका छोरा अभिषेक सहित उपचाररत छन् । त्यस्तै उनकी बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएसँगै उनीहरु होम क्वारेन्टाइनमा छन्। परिवार नै कोरोनाबाट ग्रसित भएका बेला अमिताभले बिहीवार भगवानलाई सम्झिएका हुन्।


सुशान्त सिंह राजपूत मृत्यु प्रकरण :  प्रेमीका रियाको बैँक खाता जाँच गर्दै प्रहरी

सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : प्रेमीका रियाको बैँक खाता जाँच गर्दै प्रहरी


काठमाडौं, साउन २ । भारतीय चर्चित नायक सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा प्रहरीले गहिराईमा गएर थप अनुसन्धान गरिरहेको छ । जसबाट सुशान्तकी प्रेमीका रिया चक्रवर्तीले सुशान्तको पैसा खर्च गर्ने गरेको रहस्य खुलेसँगै उनको बैँक खाता समेत छानबिन गर्ने तयारी गरिएको छ ।

यसैबिच सुशान्तको डिप्रेसनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलाउन सक्ने टाइम्स नाउमा प्रकाशित रिपोर्टले उल्लेख गरेको छ । त्यस्तै सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि बोलाउने तयारी गरिएको उक्त रिर्पोटमा उल्लेख छ ।


‘दीपालाई क्षमा दिनुहोला’ : राजेश हमाल 

‘दीपालाई क्षमा दिनुहोला’ : राजेश हमाल 


काठमाडौं, साउन २ । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हास्यकलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन्। फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन आफ्ना प्रशंसकसमक्ष आग्रह गरेका छन्।

मध्यरातमा जारी गरिएको ९ मिनेट लामो भिडियोमा अभिनेता हमालले दीपा श्रीको नाम भने कतै उच्चारण गरेका छैनन्। उनले ‘सम्बन्धित व्यक्ति’ र ‘मेरो सहकर्मी’ लाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन्। सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन्।अन्नपुर्ण पोष्टमा खबर छ ।  उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन्।

उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरूले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया राख्दै आउनुभएको छ। कला क्षेत्र, जोसँग म संलग्न छु। निःसन्देह त्यसमा दर्शकले दिनुभएको सल्लाह, सुझाव तथा भनाइले अहम् भूमिका निर्वाह गर्छ। दर्शकले बेला बखतमा दिने सल्लाह तथा सुझावले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ। र, दर्शकले पनि हामी कलाकारले सम्प्रेषण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ। त्यो भनेको दर्शक र कलाकारबीच नङ र मासुको जस्तो सम्बन्ध छ।’

उनले प्रश्न पनि गरेका छन्, ‘के एउटा व्यक्तिले पेसागत हिसाबले होस् वा व्यक्तिगत रुचिले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति राख्नुहुन्छ भने एक्कासि त्यस्ता किसिमको प्रतिक्रिया दिने, जसले त्यो


 अभिनेता सलमान खान  र जोनसँग  रोमान्स गर्दै अभिनेत्री दिशा पटानी

 अभिनेता सलमान खान  र जोनसँग  रोमान्स गर्दै अभिनेत्री दिशा पटानी


 मुम्बई   -  दिशा पटानी यस्ती अभिनेत्री हुन् जसले फिल्ममा आफ्ना विविध भूमिकाबाट दर्शकलाई चकित बनाएकी छन्। उनले बलिउडमा आफ्नो करिअरको सुरुआत ‘एमएस धोनी  स् द अनटोल्ड स्टोरी’बाट गरेकी हुन्। यो फिल्ममा उनले धोनीकी गर्लफ्रेन्डको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि फिल्म ‘मलंग’मा उनले एक रहस्यमय र हट अवतार पेस गरेकी थिइन्।

दिशा आगामी फिल्ममा दुई दमदार रोल लिएर आउँदैछिन्। उनको एउटा फिल्म राधे हो। यसमा उनले एक्सनपूर्ण भूमिकामा सलमान खानसँग स्क्रिन सेयर गरेकी छन्। अर्को फिल्म ‘एक भिलेन–२’मा जोन अब्राहमसँग स्क्रिन सेयर गर्दै देखिने छिन्।

दिशाले बलिउडमा आफ्नो उपस्थिति तीव्र बनाएकी छन्। उनी बहुप्रतिभाशाली छिन्। नृत्य र फिटनेसमा उनी माहिर मानिन्छिन्। सोसल मिडियाको माध्यमबाट फ्यानसँग सम्पर्कमा रहिरहन्छिन्। सोसल मिडियामा उनको फरकफरक लुक, पर्दापछाडिका कुरा र कार्यतालिका बारम्बार आउने गर्छन्। उनका डान्स मुभ पनि बेलाबखत सार्वजनिक हुने गर्छन्। अन्नपुर्ण पोष्टमा खबर छ । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom