26 Baishak, 2081 / 8 May , 2024
काठमाडौं, जेठ १३ । तत्कालीन नयाँ शक्तिमा आवद्ध अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । उक्त पार्टीकी नेत्री मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् ।
चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रिय जस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी छन् । तर, नायिका करिष्माले मौखिक रुपमा पार्टीबाट राजीनामा दिएकी हुन् । उनले चाँडै लिखित रुपमा राजीनामा दिने बताएकी छन् ।
व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ । करिष्मा झण्डै चार वर्ष अघि २०७२ सालमा भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन् ।