26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मिस्टर प्लसको अडिसन हुँदै, ५५ बर्षसम्मका पुरुषले भाग लिन पाउने




मिस्टर प्लसको अडिसन हुँदै, ५५ बर्षसम्मका पुरुषले भाग लिन पाउने

काठमाडौं, बैशाख १७ । ग्लोरी मिडियासँगको सहकार्यमा मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्ने भएको छ । नेपालमा पहिलोपटक हुन गइरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि जेठ ४ गतेदेखि शुरु हुने भएको हो । 

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्षभन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । 

मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । आयोजक संस्थाका अनुसार प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति यहि बैशाख २ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजारस्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले जनाएको छ । मोडल सङ्स नेपालले विगत दुई वर्षदेखि महिलाहरुका लागि पनि सुपर प्लस साईज मोडल नेपाल आयोजना गर्दै आएको छ । 




यसमा तपाइको मत


Comments