21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


साम्राज्ञीविरुद्ध भुवनले दिए उजुरी 

साम्राज्ञीविरुद्ध भुवनले दिए उजुरी 



काठमाडौं, ९ साउन । नायक भुवन केसीले नायिका साम्राज्ञी शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । नायक केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शुक्रबार मुद्दा दायर गरेका हुन् । 

अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ फिल्ममध्ये तीन फिल्म ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले भोलीका दिनमा पुनः यस्ता घटना दोहोरिए कानुनी बाटो रोज्ने चेतावनी दिएकी थिइन् ।
 
साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखे । 
 


अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने

अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ, अझै दुईवटा टेस्ट गरिने


एजेन्सी । कोरोनाको संक्रमण पुष्टि भएपछि  अस्पताल भर्ना भएका अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि, उनको अझै दुईवटा टेस्ट गरिनेछ । 

गएको १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक बच्चनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । ऐश्वर्या राय बच्चन र आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएपछि सोही अस्पतालमा भर्ना गरिएको छ । 
 
अमिताभको २२ जुलाईमा भएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको नानावती अस्पतालको स्रोतले जनाएको छ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि अमिताभ  अस्पतालबाट घर जानेछन् । अमिताभको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले बताएको छ । 
 
अस्पताल स्रोतका अनुसार, अभिषेक बच्चनको रिपोर्ट भने सबै नेगेटिभ आएको छ । उनलाई बिहीवार साँझसम्म अस्पतालबाट डिस्चार्ज मिल्न सक्ने बताइएको छ । अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन ।