11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता


काठमाडौं, ३१ भदौ । ब्रेकसुमार्फत ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। आइबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरेको हो। सिआइबीले ५० जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो।
प्रतिवादीहरुबाट कुल तीन अर्ब ५० करोड बिगो दाबी गरिएको छ। तर, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ तथा भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयले राय दिएको छ।


राष्ट्रपति कार्यालयले खोज्यो ३४ जनालाई आममाफी दिनुपर्ने आधार

राष्ट्रपति कार्यालयले खोज्यो ३४ जनालाई आममाफी दिनुपर्ने आधार


काठमाडौं, ३१ भदौ । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने स्पष्ट आधार खोजेको छ।

राष्ट्रपति कार्यालयले गृह मन्त्रालयलाई आममाफी दिनुपर्ने अधार खोज्दै ३४ जनाकै व्यक्तिगत विवरण माग गरेको छ।

गम्भीर अपराधका दोषीलाई समेत उन्मुक्ति दिने गरी आममाफी दिने प्रचलन बढेको भन्दै प्रश्न उठ्न थालेपछि राष्ट्रपति कार्यालयले यसपटक सरकारले आममाफी दिन सिफारिस गरेका व्यक्तिहरुको व्यक्तिगत विवरण नै मगाएको हो।

विभिन्न अपराधमा अदालतबाट कैद र जरिवाना तोकिए पनि कारागारमा असल चालचलन देखाउनेहरुलाई कानुनबमोजिम विभिन्न राष्ट्रिय महत्त्वका दिनहरुमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिने व्यवस्था छ।

तर सरकारले कानुनको त्यस्तो व्यवस्थाको दुरुपयोग गर्दै कतिपय गम्भीर अपराधका दोषीहरुलाई समेत माफी मिनाहा गराउन सिफारिस गर्न थालेपछि राष्ट्रपति कार्यालयले त्यसबारे चासो राखेको हो।

यसपटक संविधान दिवसमा राष्ट्रपतिबाट आममाफी गराउन गृह मन्त्रालयले करिब ८ सय जनाको नाम तयार गरेको थियो। त्यसमध्ये ६७० जनाको कैद माफी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ भने राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ।

तर त्यसबाहेक गृहले पठाएका विभिन्न कसुरमा दोषी देखिएका थप ३४ जनाको विषयमा भने राष्ट्रपति कार्यालयले प्रश्न उठाएको हो।

स्रोतका अनुसार ती ३४ जनामध्ये कतिपय हाल पक्राउ समेत परेका छैनन् । गृह मन्त्रालयले विभिन्न राजनीतिक दल र संगठनहरुसँग गरेको सम्झौताका आधारमा समेत ती व्यक्तिहरुलाई माफी दिन सिफारिस गरेको खुलेको छ।

त्यसरी सिफारिस गरिएकामध्ये कर्तव्य ज्यान, तस्करी र सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन्।

मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको हो। संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ ।


चिकित्सक संघले ठप्प पार्‍यो ओपीडी सेवा

चिकित्सक संघले ठप्प पार्‍यो ओपीडी सेवा


काठमाडौं, ३१ भदौ । डाक्टर माथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले बन्द गर्यो ओपीडी सेवा बन्द गरेको छ । संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनाको बिरोधमा आन्दोलनमा उत्रिएका हुन ।

संघले उक्त घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग सेवा ठप्प पारेका हुन् । संघले देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न माग गरेको छ ।


टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक 

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक 


काठमाडौं, ३० भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् ।  लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उनले परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू एक अर्ब छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको बताए । 
     
यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा.महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । त्यस्तै नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा. महतले बताए । 

 


चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप


काठमाडौं, २९ भदौ । हेटौंडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ। 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिएको छ। 

कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताइन्।
 


चिकित्सक कुटपिट प्रकरणमा ४ जना पक्राउ

चिकित्सक कुटपिट प्रकरणमा ४ जना पक्राउ


काठमाडौं, २८ भदौ । सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।
बुधबार चिकित्सकहरूमाथि अस्पतालभित्रै आक्रमण भएको थियो। गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्टमाथि शंका लाग्यो र उनीहरूले अन्यत्र लैजाने भनेपछि अस्पतालले २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरेको थियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो।


नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि

नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि


काठमाडौं, २८ भदौ । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ । बिहीबार राजकीय सम्मानकासाथ उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको हो ।

यसअघि आज बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्‍याइएको थियो । उनको अन्तिम बिदाइको लागि ठूलो संख्यामा शुभेच्छुकहरू पशुपतिमा पुगेका छन् ।


 


आज कुशे औंसी/बावुको मुख हेर्ने दिन

आज कुशे औंसी/बावुको मुख हेर्ने दिन


काठमाडौं,२८ भदौ । भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ । औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।


कुशे औंसी नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । आज एकातर्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । 


विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता (पूर्णपाठ)

विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता (पूर्णपाठ)


काठमाडौं, २७ भदौ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। 
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए ।  संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। 


नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा, यस्तो छ रुट

नेम्वाङको अन्त्येष्टिअघि शवयात्रा, यस्तो छ रुट


काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ । 
अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । 
नेम्वाङको पार्थिव शरीर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । अहिले उनको पार्थिव शरीर निजी निवास बालुवाटारमा राखिएको छ ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom