15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


अफिमसहित पक्राउ

अफिमसहित पक्राउ


पर्सा, २१ असोज । पर्सामा ८ किलो अफिमसहित एकजना पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका तीनडुवियाका २९ वर्षीय खोवारी प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । उनले घरभित्रै अफिम लुकाएको पाइएको प्रहरीले जनाएको छ ।
उनको इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
 
 


जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश 

जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश 


काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय कार्यन्वयन नगर्न आदेश दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्रालयले १८ भदौमा जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतमा रिट हालेका थिए।
सोमबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। माथेमाले ८ असोजमा दुवै पक्षलाई छलफलमा बोलाएकी छन्।

त्यतिन्जेलका लागि अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले उक्त दिन दुवै पक्षका तर्क सुनेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय गर्नेछ।

२६ साउन २०७४ मा भूमि व्यवस्था मन्त्रालयले जग्गा कित्ताकाटमा रोक लगाएकोमा १८ भदौमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्‌मा अर्यालले पुरानो निर्णय बदर गरेकी थिइन्।

हेर्नुहोस् 


 


२० वर्षपछि समातिए माया सुनारका हत्यारा 

२० वर्षपछि समातिए माया सुनारका हत्यारा 


काठमाडौं, २९ भदौ । दोलखाको भीमेश्वर नगरपालिका–३ ताथलीकी १८ वर्षीया माया सुनारका हत्यारा २० वर्षपछि पक्राउ परेका छन् । 
मायाको हत्यामा संलग्न रही फरार रहेका उनकै श्रीमान अरुणकुमार रिजाललाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो।

२०५७ साल भदौ २६ गते मायाको उनकै श्रीमान अरुणले घाँटी थिची हत्या गरेका थिए। काठमाडौं चागल डेरा गरी बस्ने मायाको शव डेरामै फेला परेको थियो। भदौ १८ गते पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । तर उनी त्यसयता फरार रहेका थिए । 


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुग्यो



काठमाडौं, २५ भदौ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप पाँच जनाको मृत्यु भएको छ ।  यसअघि बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 
यस्तै बिहीबार थप एक हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

फाइल तस्बिर

 


सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन(विज्ञप्तिसहित)

सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन(विज्ञप्तिसहित)



काठमाडौं, २८ साउन । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द भएको छ । 

गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको जनाएकोा छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हो।

गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ  ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान पाइने छैन् । नेपालमा बुधबार मात्रै थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


पर्सामा ४३ कोरोना संक्रमित थपिए 

पर्सामा ४३ कोरोना संक्रमित थपिए 


काठमाडौं, २२ साउन । पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सैनिक, चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेतासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबारराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामध्ये ११ जना नेपाली सेनामा कार्यरत रहेका छन् । 

भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी, नारायणी अस्पतालका दुई कर्मचारी र एक बिरामीमा पनि संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा गरिएको स्वाब संकलनमा छ जना र संक्रमितको सम्पर्कमा रहेका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै एकजना बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

 

संक्रमितमध्ये रौतहट मौलापुर र बाराको देवतालका एक–एक जना छन् । 


 राजस्वका प्रमुख अनुसन्धान अधिकृत घुस लिएको आरोपमा पक्राउ 

राजस्वका प्रमुख अनुसन्धान अधिकृत घुस लिएको आरोपमा पक्राउ 


काठमाडौं, २० साउन । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट उनलाई पक्राउ गरेको हो । 

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार कार्यालय बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले बताएका छन् । 

हेर्नुहोस् 


काठमाडौंमा कार्यरत ५३ सहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण

काठमाडौंमा कार्यरत ५३ सहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं, १५ साउन । काठमाडौंमा कार्यरत ५३ प्रहरीसहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार १५ प्रहरी थपिएसँगै देशभर संक्रमितको संख्या २ सय २१ पुगेको हो । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

कोरोना संक्रमितमध्ये एक सयजना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना रहेका छन् । 
 


काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, १४ साउन। काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १५ संक्रमित थपिएको पुष्टि गरे । 

नयाँ संक्रमितमा काठमाडौंमा १४ जना र भक्तपुरमा १ जना रहेका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुईजना र भक्तपुरका एक जनामा कोरोना देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 


बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व : प्रधानमन्त्री 

बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व : प्रधानमन्त्री 



काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै रहेको बताएका छन् । 
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु । मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन ।’


सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको उनले बताए । बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर बाघ संरक्षणका गतिविधि सन्चालन गर्दै आएको जानकारी प्रधानमन्त्री ओलीले गराएका छन् ।

हेर्नुहोस् पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु !
आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु |
बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो | यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइन्छ |
बाघ उष्ण पारीस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसाहारी प्रजाति भएकोले छाता प्रजाति पनि भनिन्छ | बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वत: बचाउन सकिन्छ भन्ने मान्यता रही आएको छ ।
तर आज जनसंख्या वृद्धि र मानवीय गतिविधिका कारण विश्वमा बाघको संख्या दिन प्रतिदिन घट्दो छ | हाल विश्वका १३ देशमा मात्र बाघ पाइन्छ र करिब ४ हजार बाघ रहेको अनुमान छ |
बाघ पाइने देशहरुले गरेका संरक्षणका अथक प्रयासहरुका बाबजुद बासस्थानको नाश, बढ्दो मानव-वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधीले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिंदै छन् |
विश्व संरक्षण संघ (IUCN) ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ भने साइटिस (CITES) ले अनुसूची एकमा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाएको छ |
विविध चुनौतीका बाबजुद नेपाल सरकारले बाघ संरक्षणका लागि गरेका प्रयासहरु उत्साहप्रद रहेका छन् | जसले गर्दा सन् २०१० मा बाघको संख्या १२१ रहेकोमा सन् २०१८ मा बढेर २३५ पुगेको छ |
बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर भू-परिधीय स्तरमा स्थानीय समुदाय र सरोकारवालाहरुसँग समन्वय गरी बाघ संरक्षणका गतिविधि संचालन गर्दै आएको छ | सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ |
बाघको संख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन | त्यसका लागि सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने हुन्छ |
आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ | द्वन्द्व पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम संचालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आव्हान गर्दछु |
त्यसैगरी बाघको चोरी शिकारी रोक्न र बाघका अंगको अवैध व्यापार नियन्त्रण गर्नका लागि प्रभावकारी रुपमा कानूनको कार्यान्वयन गर्नुपर्ने हुन्छ | कानून कार्यान्वयन गर्ने निकाय बीचको समन्वय र सहकार्यले मात्र वन्यजन्तु विरुद्धको अपराधलाई नियन्त्रण गर्न सकिन्छ |
जलवायु परिवर्तनका जोखिम र कोभिड-१९ जस्ता महामारीबाट बाघ पनि अछुतो छैन | जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने हुन्छ, मुख्यगरी बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसार लगायतका पानीका स्रोतहरुको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आव्हान गर्दछु |
त्यसैगरी निकुन्जमा कार्यरत कर्मचारीको क्षमता वृद्धि दिगो निकुन्ज व्यवस्थापनको लागि पूर्वशर्त हो भन्ने कुरामा म पूर्ण विश्वस्त छु | क्षमता अभिवृद्धि गर्ने क्रममा आधुनिक प्रविधिको प्रयोगले काममा कुशलता मात्र थप्दैन, उपलब्धिमा बढोत्तरी ल्याउने तथ्यलाई हामीले बिर्सनु हुँदैन |
बाघ संरक्षण गर्दा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी उनीहरुका हक अधिकार कुण्ठित नहुने गरी संरक्षणका कार्य गर्न पनि म हार्दिक आव्हान गर्दछु |
बाघ संरक्षणका लागि रातदिन खट्ने निकुन्ज र वनका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, स्थानीय समुदायले गरेको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु |
आर्थिक एवं प्राविधिक सहयोग जुटाई बाघ संरक्षणमा टेवा पुराउनु हुने संघसंस्थाहरु मुख्यगरी राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (WWF) र जुलोजिकल सोसाइटी अफ लण्डन (ZSL) लाई विशेष धन्यवाद दिन चाहन्छु |
बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्त्व दुवै हो | बाघको बासस्थान विस्तार र व्यवस्थापन, वन्यजन्तु पीडितलाई समयमा राहत, कानूनको प्रभावकारी कार्यान्वयन र बाघ संरक्षणमा अहोरात्र खट्ने कार्मचारीको क्षमता वृद्धि गर्न सक्नुपर्छ । साथै बाघको संरक्षणमा अध्ययन, अनुसन्धान र प्रविधिको उचित प्रयोग गर्न सकेमा बाघलाई लोप हुनबाट जोगाउन सकिन्छ | बाघ संरक्षणका गतिविधिमा युवाहरुको परिचालन गरी उनीहरुलाई सक्रिय गराउनु आजको आवश्यकता हो |
वर्तमान समयमा जलवायु परिवर्तन र कोभिड-१९ ले गर्दा मानव जाति नै अप्ठ्यारोमा परेको अवस्था छ | यस असजिलो परिस्थितिमा हामी मानव जाति आफू जोगिएर बाघजस्ता प्रजातिहरूलाई पनि जोगाउनुपर्ने हुन्छ |
त्यसका लागि हरेक समस्याको समाधान प्रकृतिमा आधारित भएर खोज्नका लागि पनि म हार्दिक आव्हान गर्दछु | स्वाभाविक रुपमा प्रकृति संरक्षण महँगो छ, तर पनि दीर्घकालीन लाभ र स्वच्छ वातावरणका लागि लगानी बढाउनुको विकल्प छैन | राज्य आफैले सबै प्रकृति संरक्षणका कार्य गर्न सम्भव छैन | त्यसका लागि अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र निजी क्षेत्रलाई पनि सँगैसँगै लानुपर्ने हुन्छ |
अहिले कोभिड-१९ ले गर्दा नेपालको पर्यटन व्यवसाय संकटमा परेको छ। तर भोलिका दिनमा प्रभावकारी संरक्षण गर्न सक्दा बाघ हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल नआउलान भन्ने कुरा हुँदैन | बाघ पाइने राष्ट्रिय निकुन्जमा विदेशी पर्यटकको आकर्षण हुने भएको हुँदा बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रुपमा पनि लिन सकिन्छ |
बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु | मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन |
अन्त्यमा, स्वच्छ र सफा पारिस्थिकीय प्रणाली भावी सन्ततिको नैसर्गिक अधिकार भएको हुँदा बाघ संरक्षण गर्नु आवश्यक छ | हामी बाँच्नका लागि इकोसिस्टम बचाउनु आवश्यक छ । यसै सन्दर्भमा बाघ बचाउनु अनिवार्य हुन्छ | यसैमा मानव जाति र प्रकृतिको सह-अस्तित्व कायम हुनेमा म पूर्ण विश्वस्त छु |
सबैमा हार्दिक धन्यवाद !