09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित


काठमाडौं, २२ भदौ । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। अर्को बैठकको मिति र समय अध्यक्षले पछि निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विधेयेयकहरु मात्रै  रहेका छन्।अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेश भैसकेको छ।

सो विधेयकबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेकोमा  अध्ययन गरेर खबर नगरेका कारण पारित गर्न मात्रै बाँकी छ भने विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रय मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन्।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन्। ।
 


कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै


काठमाडौं, २२ भदौ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने भएका हुन् ।

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको जानकारी दिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई दोस्रो पटक मुख्यमन्त्रीबाट पदमुक्त गर्दै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको थियो ।

सर्वोच्चको १५ पेज लामो उक्त फैसलाको संक्षिप्त आदेश शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा इमेलमार्फत पुगेको थियो । सर्वोच्चकै आदेश अनुसार प्रदेश प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आदेशमा ‘रिट निवेदन उपरको प्रारम्भिक सुनुवाइमा कोशी प्रदेश सरकारका नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागुञ्जेल दीर्घकालीन महत्वको र नीतिगत निर्णय नगर्न नगराउनू भनि अन्तरिम आदेश जारी भएको देखिँदा प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकोले प्रस्तुत आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु गराउनू भनी प्रत्यार्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश समेत जारी गरिएको छ’ भनि उल्लेख छ ।

उपधारा (३) मा ’प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
 


कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर

कोशीको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर


काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया संविधानविपरीत रहेको भन्दै सर्वोच्च अदालतले नियुक्ति बदर गरेको छ। प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको निर्णायक मतलाई संविधानसम्मत मान्न नमिल्ने भन्दै सर्वोच्चले नियुक्ति बदर गरेको हो।

मुख्यमन्त्री थापाको नियुक्ति खारेजीको माग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा रिट दर्ता गराएका थिए। सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मन्सुरीमार्फत मतदान गराएर विश्वासको मत लिने कार्य असंवैधानिक भएको कार्कीको दाबी थियो।

ad
कार्कीको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले पूर्वआदेशबमोजिम संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई ४८ घण्टाभित्र सरकार गठनको परमादेश दिएको छ। प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन् भने गठबन्धनबाट कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।
 


श्रम मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली प्रेस विज्ञप्ति

श्रम मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली प्रेस विज्ञप्ति


काठमाडौं, २१ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली विज्ञप्ति जारी भएको छ । मौसमी कामदार सम्बन्धमा प्रवक्ताको हस्ताक्षरको दुरुपयोग गर्दै नक्कली विज्ञप्ति जारी भएको हो । 
यो विषयमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्तोको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । 
भदौ २० गते चलानी नम्बर ५०५ लेखी प्रवक्ता/सहसचिवको हस्ताक्षरसहित मौसमी कामदार सम्बन्धमा जारी भएको नक्कली प्रेस विज्ञप्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
मौसमी कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीचमा कुनै पनि सम्झौता नभएको प्रष्ट पारेको छ । मौसमी कामदार पठाउने सम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने मन्त्रालयले बताएको छ । 

प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सामाजिक सञ्जालहरूमा यसरी प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ 

आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत समेत सचेत गराएको छ । 

प्रचलित कानुन विपरीत भएका हुने गतिविधिहरुलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको प्रष्ट पारेको छ । 


वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा


काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।


वैदेशिक रोजगारीः ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध

वैदेशिक रोजगारीः ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध


काठमाडौं, २१ भदौ । वैदेशिक रोजगारीमा विदेशीने ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध रहेको पाइएको छ ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरूमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध रहेको बताए ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गिरीले यस्तो जानकारी दिएका हुन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको गिरीको भनाइ छ । सरकारले बनाएको नीतिअनुसार सञ्चालन भएका संस्थाहरू कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको उनले बताए ।


बेलायतको दोस्रो ठूलो सहर टाँट पल्टियो 

बेलायतको दोस्रो ठूलो सहर टाँट पल्टियो 


एजेन्सी । बेलायतको दोस्रो ठूलो सहर बर्मिंघम टाँट पल्टिएको छ। बर्मिंघम सिटी काउन्सिल आफैँले सहर टाँट पल्टिएको घोषणा गरेको हो। काउन्सिलले एउटा सूचना जारी गर्दै नगरमा अत्यावश्यक सेवाबाहेकका सबै खर्चमा तत्कालै लागू हुने गरी रोक लगाइएको छ।
बेलायतको दोस्रो ठूलो सहर बर्मिंघमले सबै गैरआवश्यक खर्च रोकेको छ। कुल ९५४ मिलियनबराबर तलब दाबी जारी गरेपछि काउन्सिलले सहर टाँट पल्टिएको घोषित गरेको हो। काउन्सिलले दायर गरेको सूचनामा समान पारिश्रमिकको दाबीका कारण अहिलेको आर्थिक अवस्था नकारात्मक बनेको उल्लेख गरेको छ। 

सरल भाषामा भन्ने हो भने बर्मिंघम सिटी काउन्सिलले उक्त अवधिमा आफ्नो आर्थिक स्रोतभन्दा बढी खर्च गरेको छ । यो ठूलो कारण हो कि सहरले आफैँलाई टाँट घोषणा गर्दै अत्यावश्यक सेवाबाहेक सबै खर्चमा प्रतिबन्ध लगाएको छ।

बर्मिंघम सिटी काउन्सिलले दायर गरेको सूचनामा नयाँ समान तलब दाबीहरुको सम्भावित लागत ६५० मिलियन पाउन्ड (लगभग ८१६ मिलियन डलर) र ७६० मिलियन पाउन्ड (लगभग ९५४ मिलियन) बीचको हुनेछ भनी स्पष्ट उल्लेख छ। तर, काउन्सिलसँग त्यसलाई समेट्न पर्याप्त स्रोतसाधन छैन।

वर्ष २०२३–२४का लागि सहरले अब ८७ मिलियन पाउन्ड (१०९ मिलियन डलर) को घाटा हुने अनुमान छ। काउन्सिलले १० लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गर्दछ।

बेलायतको यो सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरले गत वर्ष राष्ट्रमण्डल खेलकुद आयोजना गरेको थियो। अहिले यसको खराब आर्थिक अवस्थाले सबैलाई स्तब्ध बनाएको छ । यस वर्ष जुनमा यो खुलासा भयो कि  ७६० मिलियन पाउन्डसम्मको तलब भुक्तानी गर्नुपर्ने थियो। त्यसपछि सिटी काउन्सिलले यस विषयमा सरकारसँग वार्ता गरिरहेको जनाएको थियो।

जुनमा बीबीसीको प्रतिवेदनमा यो बिल सेवाहरुमा हुने सम्पूर्ण वार्षिक खर्चबराबर रहेको र हरेक महिना १ करोड ४० लाख पाउन्डले बढ्दै गएको पनि उल्लेख गरेको थियो।


वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल


काठमाडौं, २१ भदौ । ग्राण्डी अस्पतालले काठमाडौं  महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ 


टिआरसीमा दलीय सहमति जुटाउन प्रधानमन्त्रीलाई सभाममुखको आग्रह

टिआरसीमा दलीय सहमति जुटाउन प्रधानमन्त्रीलाई सभाममुखको आग्रह


काठमाडौं, २१ भदौ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)का सम्बन्धमा दलीय सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। यही विधेयकलाई अगाडि बढाउने विषयमा बिहीबार प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग छलफल गरेका थिए। सोही छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई यस्तो सुझाव दिएका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ।
विधेयकलाई छिटो अगाडि बढाउन प्रधानमन्त्री दाहालले गरेको आग्रहमा सभामुख घिमिरले यसमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै पहिला दलीय सहमति जुटाउन आग्रह गरे।
 


काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन


काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमण भएपछि उनलाई गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार बिहान निधन भएको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom