20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सार्वजनिक यातायात छिट्टै चल्ने




 सार्वजनिक यातायात छिट्टै चल्ने


काठमाडौं, साउन ३ । मौद्रिक नीतिले आफूहरुको अधिकांश माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले केही दिन भित्र सार्वजनिक सवारीसाधन चलाउने भएका छन् । व्यवसायीहरुले सरकारसँग बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राख्दै आएका थिए। शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले व्यवसायीहरुले राखेको माग सम्बोधन गरेपछि सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अबको २÷३ दिनभित्रै सार्वजनिक सवारी चलाउनेबारे निर्णय हुने जानकारी गराए । 

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।

केही यातायात कम्पनीले अहिले बस चलाइरहेका छन् । साझासहित मयूर, महानगर, संयुक्त, सुन्दर लगायतका कम्पनीले काठमाडौंमा यात्रु सेवा दिइरहेका छन् । टेम्पोहरुले पनि सेवा दिइरहेका छन् ।




यसमा तपाइको मत


Comments