14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टेलिकमको वेबसाइट परिमार्जित




टेलिकमको वेबसाइट परिमार्जित

काठमाडौं, १२ साउन ।  नेपाल टेलिकमले आफ्नो वेबसाइट परिमार्जित गरेको छ । कम्पनीले वेबसाइटलाई थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको दाबी गरेको हो ।

परिमार्जित वेबसाइटको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधा प्राप्त गर्न सकिन्छ । वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाबारे जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सबारे पनि जानकारी लिन सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरूमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।

टेलिकमका अनुसार नयाँ सिमकार्ड लिनका लागि आवश्यक ग्राहक पहिचान फारामसमेत यहीँबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्डस एन्ड फ्यामिली सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाबारे जानकारी लिन पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएको पोस्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाका थप विशेषताबारे यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । 

त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंक मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका विविध गतिविधिका जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटरसमेत यहीबाट अध्ययन गर्न सकिन्छ । साथै कम्पनीले मासिक रूपमा प्रकाशन गर्ने एनटी न्युजलेटर कम्पनीको वेबसाइटबाटै सस्क्राइबसमेत गर्न सकिन्छ ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरूबारे जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरूबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरूको जानकारी उपलब्ध छ । यहीँबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरूलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन् ।

यसको अलावा नेपाल टेलिकम मोबाइल एपबारे जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रूपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ । साथै डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फाराम, बोलपत्र आह्वान आदि प्राप्त गर्न सकिन्छ भने न्युज एन्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्त्वपूर्ण सूचनाहरू तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजा सहज रूपमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्यान्डलाइन टेलिफोन, एफटीटीएच तथा एडीएसएल सेवाबारे विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरू दर्ता गराउन प्रयोग हुने विभिन्न सर्ट कोड पनि वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था टेलिकमले मिलाएको हो ।
 



Related News


यसमा तपाइको मत


Comments