14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको सिंहको टिप्पणी




देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको सिंहको टिप्पणी


काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको टिप्पणी गरेका छन् । 

१३ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुसार काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रिएको नेता सिंहले बताए।

बुधबार न्युज एजेन्सी नेपालका संवाददातासँगको कुराकानीमा पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुसार काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

उनले भने, ‘१३ औँ महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित भयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरेअनुसार गर्नुपर्ने काम, कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारण अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’

 सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको बताउनुभयो । उहाँले पार्टी प्रजातान्त्रिक मूल्य, मान्यताअनुसार चल्न नसकेको स्वीकार गरे । 

पार्टीको विधानअनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेको नेता सिंहले बताए । 
उनले भने, ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य, मान्यता विपरीत जुन जबर्जस्ती गरिराख्नु भएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठिक भएन भन्ने कुरा हामीले भनिरहेका छौँ । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेशनका लागि प्रभावित गर्ने, पद बाँड्ने जस्तो काम भयो । अर्कोतिर फेरि प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने मसँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ, त्यसलाई मैले कारबाही गर्छु भन्ने देखिएको छ । ुक्यारेट एण्ड स्ट्रिकु अर्थात् दण्ड दिने र मोह पनि देखाएर आउने महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टीभित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो बिलकुलै अप्रजातान्त्रिक छ, यो ठिक छैन भन्ने कुरा हामी भनिरहेका छौँ ।’

उनले पार्टीभित्रका पुराना नेताहरुलाई कारबाही गर्ने, अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेको आरोप लगाए । 




यसमा तपाइको मत


Comments