15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रतितोला ९९ हजार पुग्यो सुनको भाउ




प्रतितोला ९९ हजार पुग्यो सुनको भाउ

 

काठमाडौं, १५ साउन । सुनको आउ झन्डै एक लाखको हाराहारीमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ पुगेको छ ।

आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको हो । यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।




यसमा तपाइको मत


Comments