20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशभरको मौसम सामान्य बदली(मौसम पूर्वानुमानसहित)




देशभरको मौसम सामान्य बदली(मौसम पूर्वानुमानसहित)


काठमाडौं, १७ साउन । आज देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै पूर्वी तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम बदली भएको हो ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पुर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

 हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

साउन १ गते (शनिबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशप्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ

साउन १ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशगण्डकी प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, कर्णालि प्रदेश , प्रदेश ५  र सुदुरपश्चिम प्रदेश एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश , प्रदेश ५ , कर्णालि प्रदेश र सुदुरपश्चिम प्रदेश  एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेशप्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ ती स्थानहरुका नदीमा पानीको बहाव बढ्नेपहाडी क्षेत्रमा भू-क्षय हुनेपहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।




यसमा तपाइको मत


Comments