15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न सकिन्नः प्रचण्ड  




 एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न सकिन्नः प्रचण्ड  

काठमाडौं, १७ साउन ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न नसकिने बताएका छन् । 

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी फर्छ्यौट गर्नुपर्ने बताए । 

कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने नागरिकको चाहाना नेतृत्वले बुझेको भन्दै उनले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताए ।

दाहालले भने, ‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ। तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनु हुँदैन। तिनको फर्छ्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ। पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनुपर्ने शिक्षा यही हो।’




यसमा तपाइको मत


Comments