14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण




नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण


काठमाडौं, १७ साउन । नेपालमा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । 
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २० हजार ८६ पुगेको छ ।

नेपालमा कुल सक्रिय संक्रमितको संख्या ५ हजार १३८ रहेको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ । २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।




यसमा तपाइको मत


Comments