14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनललाई 




हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनललाई 

काठमाडौं, १८ साउन । ‘हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनलले हात पारेको छ । 
शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।

क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन। ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन्।



Related News


यसमा तपाइको मत


Comments