15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बिहीबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली(विज्ञप्तिसहित)




बिहीबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली(विज्ञप्तिसहित)


काठमाडौं, २१ साउन । बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । गृहमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै  कोरोना भाइरस जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गर्न लागिएको जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २०० जना भन्दा  बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
यस्तै सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 




यसमा तपाइको मत


Comments