15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान




हेर्नुहोस् यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २२ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार देशमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । बिहीबार जारी मौसम पूर्वानुमानमा हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको छ।


यसैगरी, दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


साथै, प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

यस्तै,   राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):-

मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

 हालको मौसमको अवस्था (Present Weather Status):

देशभर आंशिक देखि सामान्य बदली रहेको छ।गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन २२ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण दली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  प्रदेश बागमतीगण्डकी र प्रदेश  का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  प्रदेश २ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

राती : देशभर सामान्य दली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   प्रदेश ,बागमतीर गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २४ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश , प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्नेपहाडी क्षेत्रमा भू-क्षय हुनेपहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।




यसमा तपाइको मत


Comments