15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ४ सय ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो




थप ४ सय ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो


काठमाडौं, २३ साउन । नेपालमा शुक्रबार थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ६४ संक्रमण पुष्टि भएको बताए ।  यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

देशभर सक्रिय संक्रमितको ६ हजार ३३० संख्या रहेको छ । प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१  र सुदूरपश्‍चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप ४२५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४  पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । 




यसमा तपाइको मत


Comments