14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली




देशभरको मौसम सामान्यदेखि पूर्ण बदली


काठमाडौं, २४ साउन । शनिबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहे पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ ।

अहिले प्रदेश २ मा प्रदेश ५ का केही भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा समान्य देखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुने मौसमविदले जनाएका छन् ।

यस्तै राति अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।

हेर्नुहोस् 

 मौसम विश्लेषण (Meteorological Analysis):-

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।

 हालको मौसमको अवस्था (Present Weather Status):

प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ।

 

आगामी तीन  दिनको मौसम पूर्वानुमान

 साउन २४ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  प्रदेश १बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 साउन २५ गते (आईतबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश,  प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

साउन २६ गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

राती : देशका अधिकांश भू-भागमा सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ,  गण्डकी प्रदेश,  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै  बागमती प्रदेश का  एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका प्रदेश , प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्नेपहाडी क्षेत्रमा भू-क्षय हुनेपहिरो जानेसडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।




यसमा तपाइको मत


Comments