15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौंमा १ सहित थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ७३ पुग्यो 




काठमाडौंमा १ सहित थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ७३ पुग्यो 

काठमाडौं, २४ साउन । नेपालमा कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको पुष्टि गरे । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको हो । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्ज महानगरपालिका छपकैया ३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङको विराटनगर महानगरपालिकाका ९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा.गौतमले बताए । 
 




यसमा तपाइको मत


Comments