14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 जापानकी ओसाकाले जितिन यूएस ओपन टेनिसको उपाधि  




 जापानकी ओसाकाले जितिन यूएस ओपन टेनिसको उपाधि  

एजेन्सी । यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छिन् । शनिबारराति भएको फाइनल खेलमा बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
पहिलो सेट गुमाएकी ओसाकाले त्यसपछि उत्कृष्ट कमब्याक गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पार्न सफल भइन् ।

ओसाकाले पहिलो सेट १–६ ले गुमाएकी थिइन् । त्यसपछि दोस्रो र तेस्रो सेट ६–३, ६–३ ले आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि हात पारिन् ।



Related News


यसमा तपाइको मत


Comments