14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा चार सयले बढ्यो सुनको मूल्य




तोलामा चार सयले बढ्यो सुनको मूल्य


काठमाडौं, २९ भदौ । सोमबार सुनको मूल्य केहि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा पनि सोमबार सुन तथा चाँदीको भाउ वृद्धि भएको छ । सोमबार सुन प्रति अउन्स एक हजार ९४६ डलरमा किनबेच भइरहेको छ । चाँदी पनि अन्तराष्ट्रिय बजारमा प्रतिअउन्स २६ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।




यसमा तपाइको मत


Comments