14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ प्रतितोला ४ सयले बढ्यो




सुनको भाउ प्रतितोला ४ सयले बढ्यो

काठमाडौं, २ असोज । सुनको भाउ शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । 
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३ सय ३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँ तोकिएको थियो ।
 




यसमा तपाइको मत


Comments