14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपिएलः सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो




आइपिएलः सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किंग्स इलाभेन पञ्जावलाई हराएको छ। 
दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५७ रन मात्रै बनाएपछि खेलको नतिजा सुपर ओभरमा गएकोह हो ।

सुपर ओभरमा दिल्लीले ३ रनको सामान्य लक्ष्य सहजै पार गरेको थियो । मंयक अग्रवालले ६० बलमा ७ चोका र ४ छक्का प्रहार गरेका थिए । दिल्लीका लागि कागिसो रबाडा, रविचन्द्रन आश्विन र मार्कस स्टोइनिसले समान २–२ विकेछ लिएका थिए ।
त्यसअघि दिल्लीका स्टोइनिसको पारीले पञ्जवालाई १५८ रनको लक्ष्य दिन सफल भएको थियो । अन्तिम ३ ओभरमा दिल्लीले ५७ रन जोडेको थियो । स्टोइनिसले २१ बलमा ५३ रनको पारी खेलेका थिए । पावर प्लेमा भने दिल्लीले तीन विकेट गुमाएर २३ रन बनाएको थियो ।

 



Related News


यसमा तपाइको मत


Comments