15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपाद्वारा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्ति तत्कालै गर्न प्रधानमन्त्रीलाई आग्रह




नेकपाद्वारा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्ति तत्कालै गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, ६ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्ति तत्कालै गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णय, निश्कर्ष र सचिवालय बैठकको छलफल अनुसार मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्न आग्रह गरेको हो । 

यस्तै, बैठकले संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ । बैठकले पार्टीको सांगठनिक एकताका बाँकी काम सक्नेगरी ठोस प्रस्ताव १० दिनभित्र तयार पारेर सचिवालयमा पेश गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानले तोकेको विधि र मापदण्ड अनुसार छिट्टै पदपुर्ति गर्न भनिएको बताए। 

File photo




यसमा तपाइको मत


Comments