14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन हुन सक्ने




सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन हुन सक्ने

काठमाडौं, ७ असोज। कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने बताए । उनले २५ हजार सक्रिय संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने बैठकले निर्णय गरेको बताए । 
मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।




यसमा तपाइको मत


Comments