11 Ashwin, 2080 / 28 September , 2023
४ असोज, वीरगञ्ज । प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार राष्ट्रिय जनता पार्टीले लिड गरेको छ भने कांग्रेसका उम्मेदवारहरूले पछ्याइरहेका छन् ।
राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले १६८३ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको १६५१ मत छ ।
यस्तै कांग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले १४७५ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले १५६३ मत पाएकी छन् ।
यस्तै संघीय फोरमका मेयर उम्मेदवार विजयकुमार सरावगी ७९० र उपमेयर पिंकीदेवी यादवले ८८०, माओवादीका मेयर उम्मेदवार रहबर अन्सारीले ६२६ र उपमेयर दुर्गा क्षेत्रीले ५०६ मत पाएकी छन् ।
एमालेका मेयर बसरूद्दिन अन्सारीले ५५७ र उपमेयर सोफिया अाचार्यले ६४८ मत पाएका छन् ।
फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले ४३३ र उपमेयर रिंकु यादवले ३६९ मत पाएकी छन् ।