14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलाइयो 




मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलाइयो 

काठमाडौं, २७ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता यमलाल कँडेललगायतलाई काठमाडौं बोलाएको छ । बालुवाटारमा मंगलबार भएको छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि उनीहरुलाई बोलाएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासको प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ । माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् ।  मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । 




यसमा तपाइको मत


Comments