14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली–प्रचण्डबीच आज पनि छलफल




ओली–प्रचण्डबीच आज पनि छलफल


काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार पनि छलफल भएको छ । कर्णाली संसदीय दलमा समस्याका विषयमा बालुवाटारमा  छलफल भएको  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 
उनका अनुसार छलफलमा  ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको थियो । 
कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ । बिहीबार दुवै अध्यक्ष बसेर छलफल गर्ने कार्यसूची छ । 




यसमा तपाइको मत


Comments