14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका केही स्थानको मौसम आंशिकदेखि सामान्य बदली




देशका केही स्थानको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं, २ कात्तिक । देशका केही स्थानको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अधिकांश भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

 प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार राति पनि प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। अहिले बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान   

 कार्तिक ०२ गते (आईतबार):

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १, बाग्मती,  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (सोमबार):

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १,  बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनि प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (मंगलबार):

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।

 




यसमा तपाइको मत


Comments