15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आलोचना हुन थालेपछि दशैँ भत्ता फिर्ता गर्दै सांसदहरू




 आलोचना हुन थालेपछि दशैँ भत्ता फिर्ता गर्दै सांसदहरू

काठमाडौं, ३ कात्तिक । कोरोना महामारीका बेला दशैँ भत्ता बुझेको भन्दै आलोचना हुनथालेपछि सत्तारूढ प्रतिपक्षी सांसदहरूले भत्ता फिर्ता गर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय संसद सचिवालयमा भत्तावापतको रकम फिर्ता गरेका छन्। थापाका स्वकीय सचिव सविनबाबु मुडभरीमार्फत् थापाले ६४ हजार ७० रूपैयाँ संसद सचिवालयमा फिर्ता दिएका हुन्।  यस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद भीम रावलले संघीय संसद सचिवालयलाई आइतबार पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह नै गरेका छन्।

आफ्नो खातामा पठाएको भत्ता फिर्ता लिन प्रक्रियागत अप्ठेरो आइपरे चेक वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्ने विकल्पसमेत रावलले संसद सचिवालयलाई दिएका छन्। उनको खाता दशैँ भत्ताबापत् ६४ हजार ७० रुपैयाँ आएको थियो। उनले भत्ता लिने व्यवस्था नै हटाउन पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि भत्ता रकम फिर्ता गर्ने बताएका छन्। नेकपाका सांसदहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले पनि दसैं भत्ता लिनु उचित नहुने बताएका छन्। 

नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यवापत् आउने पारिश्रमिक र भत्ता एक वर्ष नलिले यसअघि नै घोषणा गरेका थिए। उक्त रकम उनले कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेका थिए। आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,  नेपाली कांग्रेसका सांसद सूर्य पाठकले रकम फिर्ता गरेका छन्।

प्रदेशका सांसदहरूले पनि दशैँ भत्ता नलिने बताएका छन्।बागमती प्रदेशका आन्तरिम मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले दसैं भत्ता नलिने बताएका हुन्।

बागमती प्रदेशमै साझा पार्टीकी सांसद रहेकी शोभा शाक्यले आफ्नो खातामा आएको दशैँ खर्च फिर्ता गर्ने बताइन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एक(एक जना सांसदले दशैँ भत्ता फिर्ता गर्ने निर्णय सार्वजनिक गर्नुभन्दा संसदीय दलमै छलफल गरी फिर्ता गर्नुपर्ने बताएका छन्। एकपछि अर्को सांसदले महामारीका बेला दसैं भत्ता नलिने भन्दै संघीय संसद सचिवालयलाई भत्ता फिर्ता लिइदिन आग्रह गरिरहेका छन्। सांसद रिजालले पार्टी संसदीय दलकै तर्फबाट कांग्रेसका सबै सांसदले भत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका हुन्।





यसमा तपाइको मत


Comments